
बिराटनगर , २५ चैत। मोरङ, उर्लाबारी नगरपालिका-४ आईतबारेस्थित सडकमा को.१ च ६३९९ नम्बरको पिकप भ्यानले को.३२ प ६९३१ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक झापा दमक नगरपालिका-३ बस्ने २७ वर्षीय राजन धिमालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।