
धनुषा, २५ चैत। जनकपुर उपमहानगरपालिका-७ जानकी नगर बस्ने ४४ वर्षीय अंजनी शाहको घरबाट नगद १ लाख रूपैयाँ र सुनका विभिन्न गर-गहनाहरु समेत गरी करिब १६ लाख रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।