हिपमत डटकम

शुक्रबार, चैत्र २५, २०७८ || 543  पटक पढिएको

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गठबन्धन दलहरुबीच भित्री खटपट सुरु भएको छ ।

मोरङको सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ । जसका कारण गठबन्धन दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी झस्किएका छन् ।

कांग्रेसको वडा समितिका सभापति, क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधिलगायत बुद्धिजीविको संयुक्त रुपमा दुई दिन अगाडि बसेको बैठकले गठबन्धन नगर्ने निर्णय गरेको हो ।

‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सुडुल अनुसार नेपाली कांग्रेसलाई बहुमतबाट जिताउन अरु राजनीतिक पार्टीहरुसँग के कसरी गठबन्धन गर्ने कुरामा उपस्थिति सम्पूर्ण वडा कार्यसमितिहरुको सभापति, क्षेत्रीयप्रतिनिधि, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधिलगायत बुद्धिजीवि, शुभचिन्तकको अनुसार सुनवर्षी नगरपालिकामा अरु पार्टीहरुसँग गठबन्धन नगर्ने भनि सर्वसम्मतीले निर्णय गरियो,’ गठबन्धन गर्ने सम्बन्धमा गरिएको प्रस्तावको निर्णयमा उल्लेख छ ।

यस्तै सोही बैठकले आउँदो निर्वाचनका लागि हाल बाहल रहेका नगर प्रमुख कालीप्रसाद दाहाललाई दोस्रो नम्बरमा राख्दै १४ जनालाई नगरप्रमुखको उम्मेद्वार सिफारिस गरिएको छ ।

पहिलो नम्बरमा कमल किशोर सिंह रहेका छन् । अन्यमा क्रमशः कालीप्रसाद दास, गुलाम मोहिद्धिन, टेकबहादुर विष्ट, देवेन्द्र बहादुर बस्नेत, प्रताव तामाङ, वीरेन्द्रकुमार साह, महताब आलम, महेश्वर प्रसाद राजवंशी, मेदनी प्रसाद प्रसाई, यज्ञबहादुर कार्की, रमानन्द साह, शंकर कार्की र सत्यनारायण पण्डित रहेका छन् ।

यस्तै उप्रमुख पदका लागि खेमुकमारी कार्की, जानकी कुमारी केवरत, नरमाया प्रसाई बिमली, नारायणी देवी पण्डित, विमलादेवी दास, मञ्जुकुमारी राई र सुमनसरी राजवंशी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!