हिपमत डटकम

बिहिबार, चैत्र २४, २०७८ || 584  पटक पढिएको

काठमाडौंको नागढुंगाबाट प्रहरीले दुईजना युवकलाई लागु औषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा घर भएका २३ वर्षीय साहिद राजा र सुनसरीको हडी गाउँपालिका–३ घर भएका २३ वर्षीय प्रमोद कुमार मेहता छन् ।

बुधवार बाराबाट काठमाडौं आउँदै गरेको ना.७ ख ७१३२ नम्बरको बस र काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश–०३–००१ ख २३१४ नम्बरको बसमा उनीहरुले लागु औषध लिएर आएका थिए ।

आरोपीहरुको साथबाट २४ सय ५ ट्याब्लेट नाइट्राभेट, २ सय एम्पुल फेनारगन, २ सय एम्पुल डाइजेपाम र २ सय एम्पुल लुपिजेसिक बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!