रबिन्द्र बराल

मंगलबार, चैत्र २२, २०७८ || 479  पटक पढिएको

माेरङमा अनाैठाे खाल्काे ठगि गर्नेलाई ईलाका प्रहरी कार्यलय रंगेलीले पक्राउ गर्ने सफल भएको छ । गाउँ घरमा रहेका अतिविपन्न परिवारहरु लाई प्रलोभनमा पारेर रकम असुली गर्दे हिड्ने सुनसरी भोक्राह गाउँपालिका ४ वस्ने बर्ष ५० का दिपेन्द्र उरावलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उरावले असाेज महिना देखि गाउँ घरमा गएर बिदेशी फन्ड आएको भन्दै सो फन्डबाट घर वनाउन लगानी गर्छ र तपाईंहरुले ५० हजार रुपैयाँ दिए पुग्छ भन्दै स्थानीयहरुलाई झुक्याएर रकम समते असुली गरेका थिए । उरावले स्थानीयहरु संग किस्ता वापत रकम लाग्ने र पहिलो किस्तामा दस हजार रुपैयाँ बुझाउनुपर्ने भन्दै रकम समेत असुलि गरेकाे प्रहरीले नाएको छ ।

घर निर्माणमा जम्मा ५० हजार रुपैयाँ तिरे सम्पुर्ण काम पूरा गर्ने र आफुले कुनै समाग्रि नदिनु पर्ने भन्दै ठगी गर्दे हिडिरहेकाे अवस्थामा उनलाई चैत्र १६ गते सुनवर्षी नगरपालिका ९ बाट उनलाई पक्राउ गरीएकाे थियोे । रंगेली ५ का बबिता देवी मण्डलको घरमा असाेज महिना देखि आएको र २० देखि ३० कोठा को घर बनाउन का लागि ५० हजार रुपैयाँ किस्ता किस्ता गरेर रकम बुझाउनु पर्ने समेत भनेका थिए ।

एक किस्तामा रु १० हजार रुपैयाँ दिनु पर्छ र मानिसहरुको समुह बनाउनु पर्ने र एक जना बराबर १० हजार रुपैयाँ दरले ८५ जना संग ८ लाख ५० हजार रुपैयाँ र फाल्गुन महिना दोस्रो किस्ता स्वरुप ४० हजार रुपैयाँ गरी १२ लाख ५० हजार रुपैयाँ पैसा उठाई ठगि गरेका थिए । आवश्यक कार्वाही का लागि ईलाका प्रहरी कार्यालय रंगेली काे नियन्त्रणमा राखिएको प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!