हिपमत डटकम

सोमबार, चैत्र २१, २०७८ || 488  पटक पढिएको

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदभार ग्रहण गरेका छन् । तरुण दलको केन्द्रीय कार्यालय रवि भवनमा सोमबार गुरुङले पदभार ग्रहण गरेका हुन्। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङलाई चैत ८ गते नेपाल तरुण दलको अध्यक्ष मनोनित गरेका थिए । यसअघि अध्यक्ष रहेका जितजंग बस्‍नेत पार्टीको केन्द्रीय सदस्य बनेसँगै तरुण दल नेतृत्व विहीन बनेको थियो।

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले फागुन ३ मा नेविसंघ र तरुण दलसहित १० भ्रातृ संस्था विघटन गर्दै सबै पक्षसँग परामर्श गरेर फागुन मसान्तभित्र तदर्थ समिति गठन गर्ने जिम्मा सभापति देउवालाई दिएको थियो। सभापति देउवाले चैत ९ गते गुरुङलाई अध्यक्ष मनोनित गरेका थिए ।

तरुण दलको नेतृत्व पाएका पर्वतका विद्वान गुरुङ यसअघि विघटित केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष थिए। उनले कोषाध्यक्ष रहँदा पनि पार्टीको हितका लागि काम गरेका कारण स्थानीय तहको पूर्वसन्ध्यामा नेतृत्व पाएपछि देशभरका तरुणहरूलाई पार्टीको पक्षमा गोलबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!