
काठमाडौं, २० चैत। सोलुखुम्बु, लिखुपिके गाउँपालिका-५ भकाञ्जे बस्ने ३० वर्षीय शम्भु तामाङ सोही ठाउँस्थित लाक्पा शेर्पाको घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्सैगरी कास्की, पोखरा महानगरपालिका-२ बागलुङ बसपार्कस्थित डेरा गरी बस्ने रुपन्देही घर भएका ४१ वर्षीय लोक बहादुर गन्धर्व आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।