रबिन्द्र बराल

शनिबार, चैत्र १९, २०७८ || 369  पटक पढिएको

रंगेली नगरपालिकाले १४ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको खेल सम्पन्न भएको छ ।

“ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’’ भन्ने मुल नाराका साथ खेल सम्पन्न भएको हो । नगर स्तरीय साे खेल चैत्र १६ गतेदेखि १८ गतेसम्म विभिन्न बिधामा खेल हरु भएको थियोे । नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय र निजि बिद्यालयलाई समावेश गरि १७ विद्यालयबाट बिधार्थि हरु उक्त खेलमा सहभागीता रहेकाे थियोे ।

खेलमा कक्षा९ देखि १२ सम्मका छात्र, छात्राहरु ले जनता क्याम्पस काे खेल मैदानमा दौड, कवडि, भलिबल, सटफुट, हाईजम्प खेल हरु खेलेका थिए । फाईनल खेलमा सामुदायिक बिधालय काे जनता माध्यमिक बिधालय आमताेला प्रथम भएको थियो । पब्लिक उच्च माध्यमिक बिधालय दाेस्राे र प्रगतिशिल माध्यमिक बिधालय दाैलतपुर तेस्रो भएको थियो ।

खेलमा बिजेता हरु लाई नगर प्रमुख दिलिप बगडिया,उपमेयर केशव कुमारी खराल प्रशासकीय अधिकृत नवराज कार्की , शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डित, वडा अध्यक्ष, सदस्य स्थानीय बुद्धिजीवी लगायत ले खेलमा प्रथम , द्वितीय र तृतीय हुने लाई सहित सिल्ड र प्रमाणपत्र बितरण गरेका थिए। प्रतियोगितामा दौड, कवडि, भलिबल, सटफुट, हाईजम्प खेल हरु खेलाईएकाे थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!