
काठमाडौं, १८ चैत। भोजपुर, अरुण गाउँपालिका-२ सिस्नेरी बस्ने ३४ वर्षीया टिकामाया थापा छिमेकीको घरको बरण्डामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्सैगरी सल्यान, बनगार कुपिण्डे नगरपालिका-२ बामेस्थित भेरी नदीको किनारामा जाजरकोट छेडागाड नगरपालिका-१३ बस्ने ४५ वर्षीय चन्द्र बहादुर पुन शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।