हिपमत डटकम

बिहिबार, चैत्र १७, २०७८ || 626  पटक पढिएको

झापा, चैत्र १७ गते ।झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ती गाउपालिका-४ का ४३ बर्षीय किशोर सुनुवार र काठमाण्डौ महानगरपालिका-५ का ३१ बर्षीय सन्त महर्जन रहेका छन । हिजो बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३-०१-००६ ख ०६२६ नम्वरको बसमा सवार रहेका सुवुवार र महर्जनको साथबाट प्लास्टिकमा पोको पारी झोलामा लुकाई राखेको २८ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिवन्धित ब्राउनसुगर सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!