हिपमत डटकम

आइतबार, चैत्र १३, २०७८ || 977  पटक पढिएको

पर्सा, १३ चैत। नेपालबाट भारततर्फ बिक्री वितरणको लागि लैजाँदै गरेको २ वटा हात्ती सहित ३ जनालाई पकहामैनपुर गाउँपालिका-५ पोखरिया टोलबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका-१८ जितपुर बस्ने ६० वर्षीय बुदिराम महतो, सोही ठाउँ बस्ने ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका-५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।

उक्त स्थानमा बिक्री वितरणको लागि हात्तीहरू लैजाँदै गरेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!