
ताप्लेजुङ, १३ चैत।फुङलिङ नगरपालिका-९ गुरुङ गुम्बास्थित सडकमा मे.१ त ७७८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-८ बस्ने २८ वर्षीय रुपेश राईको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ३ जनाको उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।
हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।