रबिन्द्र बराल

शुक्रबार, चैत्र ११, २०७८ || 460  पटक पढिएको

माेरङ काे रंगेली नगरपालिका मा सुरक्षित आप्रवासन परियोजना (सामी) द्वारा एक दिने स्थानीय जनप्रतिनिधि हरु लाई अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिका काे सभाहलमा भएको कार्यक्रममा नगर प्रमुख दिलिप बगडिया, उपमेयर केशब कुमारी खराल, कार्यकारी अधिकृत नवराज कार्की , वडा अध्यक्ष वडा सामाजिक प्रयाेजना का तीन जिल्ला का कार्यक्रम संयोजक देव नारायण चाैधरी, माेरङ जिल्ला संयोजक दिपक राउत, सगरमाथा सामुदाियक विकास केन्द्र का लेखा अधिकृत सन्ताेष बस्नेत , रंगेली नगरपालिका संयोजक अनिरुद्र ठाकुर , स्थानीय बुद्धिजीवी लगायत काे उपस्थिति समेत रहेको थियो । कार्यक्रममा बिदेशमा रहेका नेपाली हरुले नेपाल काे अर्थतन्त्र राम्रो आयस्राेत काे माध्यम रहेको कार्यक्रम का सहभागी हरु ले बताए ।

बिदेशमा दुख पाएर बिचल्ली समेत पर्ने गरेको र नेपाल सरकारले समेत त्यस्ता व्यक्ति हरु लाई आफ्नै भुमि ल्याउन सफल समेत भएको बताए । बिदेश बाट आएका युवती हरु लाई गाउँ घरमा नकारात्मक ढङ्गबाट हेर्ने प्रविधिले समाज समेत बिकृतिका रुपमा जाने सम्भावना समेत बडेकाे कार्यक्रममा सहभागी हरु ले बताए ।

सामुदायिक विकास केन्द्र का स्वीस सरकार विकास सहयोग एसडीसी र सामुदायिक विकास केन्द्र तथा हेल्भेटास नेपाल सुरक्षित माइग्रेसन काे सहयोग कार्यक्रम गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!