
काठमाडौं, १० चैत। मोरङ, रतुवामाई नगरपालिका-५ बिमल चोक बस्ने दिपक खरेलको कच्ची भान्सा घरमा गएराति आगलागी हुँदा भान्सा घर जलेर करिब ४ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्सैगरी दोलखा, भिमेश्वर नगरपालिका-६ बिचबजारस्थित दोलखा भिमेश्वर नगरपालिका-१ देउराली बस्ने ४३ वर्षीय पदम बहादुर श्रेष्ठले संचालन गरेको संसार टेलर्समा करेन्ट सर्ट भई बुधबार राति आगलागी हुँदा मेसिन, फर्निचर तथा कपडा लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।