
लमजुङ, ९ चैत। मर्स्याङदी गाउँपालिका-९ बस्नेत फाटँस्थित रुख काट्ने क्रममा च्यापीएर क्वहोलासोथार गाउँपालिका-१ साम्रुङ बस्ने ५७ वर्षीय बल बहादुर अधिकारीको मृत्यु भएको छ । रुखमा च्यापीएर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल लमजुङ लैजाने क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।