
काठमाडौं, ८ चैत। धादिङ, धुनिबेशी नगरपालिका-२ सेरोफाँट बस्ने ६७ वर्षीया लक्ष्मी कार्की आफ्नै घरको आँगनमा गएराति मृत अवस्थामा फेला परेकी छिन् । अर्ध शरीर जलेको अवस्थामा उनको शव परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जीवनपुर र ईलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

त्सैगरी कास्की, पोखरा महानगरपालिका-९ बसपार्कस्थित गेष्ट हाउसमा विगत ५/६ महिनादेखि बस्दै आएका ललितपुर घर भएको ७० वर्षीय लोक बहादुर बिष्ट नाम गरेको पुरूष आफू सुत्ने खाटमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।