रबिन्द्र बराल

आइतबार, चैत्र ०६, २०७८ || 735  पटक पढिएको

माेरङ काे रंगेली नगरपालिकाले अन्तरपालिका मेयर कप फुटबल टुनामेन्ट सुरु गरेको छ।

रंगेली ७ स्थित जनता क्याम्पस काे खेल मैदानमा प्रतियोगिता चैत्र ६ गतेदेखि १४ गतेसम्म हुनेछ ।

यस प्रतियोगितामा रंगेली नगरपालिका ,बेलवारी नगरपालिका, मिक्लाजुम गाँउपालिका, सुनवर्षी नगरपालिका,धनपालथान,गाउँपालिका,कानेपोखरी गाउँपालिका, ग्रामथान गाउँपालिका र बुढीगंगा गाँउपालिका गरि ७ बटा पालिका हरु ले भाग लिएका छन । उद्घाटन कार्यक्रम काे प्रमुख अतिथि पूर्व मन्त्रि तथा प्रदेश सभासद क्षेत्र नं ५ ख का लिला बल्लभ अधिकारी, नगर प्रमुख दिलिपकुमार अग्रवाल, उपमेयर केशव कुमारी खराल, प्रशासकीय अधिकृत नवराज कार्की,विभिन्न पालिका काे बडा अध्यक्ष , ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्का , समाजसेवी , बुद्धिजीवी लगायत काे उपस्थित रहेको थियो ।

प्रतियोगिताको विजेताले १ लाख ५०हजार र उपविजेताले ८६ हजार , प्रमाणपत्र , सिल्ड, र म्यान्दि म्याच प्रतेक दिन १५ सय रुपैयाँ ,उत्कृष्ट खेलाडी , सर्वाधिक गाेल गर्ने ,उत्कृष्ट गाेल किपर हरु लाई समेत नगद पुरस्कारको व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ । आज भएको पहिलो खेलमा बेलबारी नगरपालिका र मिक्लाजुङ नगरपालिका बिच भएको थियोे ।

खेलमा पहिलो हाप्मा १ गाेल बेलबारी ले अग्रता कायम गरेकाे थियो । त्यसकाे केही समय पछि मिक्लाजुङ ले एक गाेल बराबर भएको थियोे । खेल काे हाप पछि बेलबारी ले पुनः एक गाेल गरेर बिजय हासिल गर्ने सफल भएको थियोे । साेमबार काे खेल रंगेली नगरपालिका र धनपालथान गाउँ पालिका बिच हुने आयाेजक ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!