हिपमत डटकम

आइतबार, चैत्र ०६, २०७८ || 899  पटक पढिएको

कामाख्या परिवार नेपाल केन्द्रीय कार्यालय जनकपुुरधामले सामाजिक कार्यमा सकृय अजिता लोहनी पन्तलाई सम्मान गरेको छ । आइतवार कामाख्या माताको दर्शन गर्न आउनुु भएकी समाजिक अभियन्ता पन्तलाई संस्थाले सम्मान गरेको हो ।

अजिता लोहनी पन्त, प्रहरी नायव महानिरीक्षक (डिआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) मा बढुवा हुनुभएका वसन्त कुमार पन्तकी श्रीमति हुन् । बढुवा भए पछि पहिलो पटक जनकपुर आउनु भएका एआईजीपी पन्तलाई कामाख्या परिवारले सम्मान गर्ने कार्यक्रम राखेको थियो । चैत्र १ गते बढुवा सिफारिस समितिको निर्णय अनुसार वसन्त कुमार पन्त लगायत धिरज प्रताप सिंह र रबिन्द्र बहादुर धानुकलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) मा बढुवाको लागि सिफारिस गरिएको हो ।

कार्यक्रममा बोल्दै अजिता लोहनी पन्तले “उहाँ अफिसियल काममा व्यस्त हुनुभएकोले आज यहाँ आउन सक्नु भएन तर, पद भार ग्रहण गरे लगत्तै माताको दर्शन गर्न आउनु हुन्छ” बताउनु भयो । साथै उहाँले कामाख्या परिवारद्वारा हुने गरेको सामाजिक कार्यहरु सराहनीय रहेको भन्दै संस्थाको गौसेवा धाम लगायतका दीर्घकालीन योजना र सेवामूलक कार्यहरुमा हरेक प्रकारले सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष बाबा विभाष लाभले शुख शान्ति समृद्धी संगै एआईजीपी वसन्त कुमार पन्तको कार्यकाल देश र जन्ताको लागि उदाहरणीय, अनुशरणीय होस् भन्ने कामना माता कामाख्या संग गर्नु भयो । संस्थाका सल्लाहकार डा.मनोज मिश्रा, नलनी कर्ण लगायतका वक्ताहरुले वसन्त पन्त धनुषाको एस पी भएर जनकपुर आउनु भएको कार्यकालको स्मरण गर्दै उहाँको कार्यकाल सफलता पूर्वक कार्यान्वयन होस् कामना गर्नु भयो ।

श्रीमति पन्तलाई संस्थाकी सचिव ललिता लाभले दोसल्ला तथा फुलमाला लगाई सम्मान गरेकी थिईन । कार्यक्रममा संस्थाका विजय साह, हिरा अधिकारी, प्रतिमा मण्डल, लगायतका सदस्य तथा शुभचिन्तकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!