हिपमत डटकम

बुधबार, चैत्र ०२, २०७८ || 562  पटक पढिएको

मकवानपुर, २ चैत। राक्सिराङ गाउँपालिका-४ अन्तर्गत चौकीटार, मादलसिंह, कैलाश गाउँपालिका-४ अन्तर्गत बिलौनी, सोही गाउँपालिका-७ अन्तर्गत बिलासी, ताम्लाङ र सोही गाउँपालिका-८ अन्तर्गत रुपलाङ र डुडलुङ लगायतको क्षेत्रमा ३५ बिगाहामा लगाइएको अवैध लागूऔषध अफिम खेती प्रहरीले मंगलबार फडानी गरी नष्ट गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले उक्त खेती फडानी गरी नष्ट गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!