हिपमत डटकम

मंगलबार, चैत्र ०१, २०७८ || 537  पटक पढिएको

झापा, चैत्र १ गते । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाख्रिवास नगरपालिका-३ धनकुटाका ३३ बर्षीया बिनोद घिमिरे रहेका छन । आज दिउँसो साढे १ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले मेचीपुल छेउमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका घिमिरेलाई संकालागि चेक जाँच गर्दा निजको साथबाट २३ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका घिमिरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!