
काठमाडौं, १ चैत। रौतहट, परोहा नगरपालिका-३ तेजापाकड बस्ने शेष झगरुको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर अन्नवाली, भाडावर्तन, लत्ताकपडा, सुनचाँदी लगायतका सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्सैगरी सोलुखुम्बु, माप्य दुधकोशी गाउँपालिका-६ रामदिल बस्ने भक्त बहादुर राईको घरमा खाना बनाउने क्रममा चुलोबाट आगो सल्किएर सोमबार दिउँसो आगलागी हुँदा करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी, स्थानीबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।