हिपमत डटकम

मंगलबार, चैत्र ०१, २०७८ || 522  पटक पढिएको

काठमाडौं, १ चैत। सामाजिक संजाल वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी २९ लाख ४० हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका- ४ घर भएका ३८ वर्षीय गान्दिप गौतमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई बिदेशी नागरिक बताउने डा.जोहान लोरेन्स नामक ब्यक्तिले सामाजिक संजाल फेसबुक वाट्सएपको माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, साथै सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाएको छु भनी म्यासेज पठाएको केही समयपछि प्रताप राना सिंह नाम बताउने व्यक्तिले पीडितलाई वाटसएप मार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी भ्रमपूर्ण बिश्वासमा पारी बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता नम्बर र आइएमईको माध्यमबाट उक्त रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न गौतमलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!