हिपमत डटकम

सोमबार, फाल्गुण ३०, २०७८ || 370  पटक पढिएको

काठमाडौं, ३० फागुन। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालित १२औं समूहको हेभि सवारी चालक तालिम सोमबार समापन भएको छ ।

उक्त अवसरमा सोही महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै प्रहरी संगठनलाई आवश्यक पर्ने दक्ष हेभी सवारी चालकहरुको कमिलाई परिपूर्ति गर्नुका साथै समय सापेक्ष रुपमा नयाँ प्रविधिको बारेमा दक्षता अभिवृद्दि गर्न तालिम प्रदान गरिएको बताउनुभयो । प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत माघ १३ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार २ जना र प्रहरी जवान ३१ जना गरी कूल ३३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!