
कास्की, २९ फागुन। पोखरा महानगरपालिका-२० कुरस्थित सडकमा ग.१ त ३५२२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने रोल्पा घर भएका १९ वर्षीय हरि वाठा मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।