हिपमत डटकम

आइतबार, फाल्गुण २९, २०७८ || 522  पटक पढिएको

खोटाङ। खोटाङका विभिन्न विद्यालयमा चेतनामूलक सडक नाटक ‘बोध’ मञ्चन गरिएको छ। कुलतमा लाग्दा कस्तो मनोवैज्ञानिक असर पर्छ भन्ने विषयवस्तुमा आधारित रहेर उक्त नाटक तयार पारिएको हो।

उक्त नाटक खोटाङको हलेसी तुवाचुङका च्यास्मिटार मावि च्यास्मिटार र महेन्द्रद्वय मावि हलेसीमा मञ्चन गरिएको हो। हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोग र ग्लोबल कनेक्सन मिडिया प्रालिले निर्माण गरेको सो नाटकले लागुऔषधको प्रयोगले युवा पुस्तामा पर्ने असर, त्यसबाट समाजमा भएका विविध सामाजिक घटना समेटेको छ।

पुर्खाजित राईको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटकमा जेबी डिसी, ज्योति राई, बृहसमान सुनुवार, योगिन राई, उदिम चाम्लिङ, रोजिना खनाल र तुलसा राईको अभिनय रहेको छ।

नाटकका पात्रसमेत रहेका डिसीले यही विषयवस्तुमा केही वर्षअघि ‘सिग्नेचर’ नामक चलचित्रमा अभिनयसमेत गरेका थिए। त्यही अनुभवलाई यस नाटकमा मिहीन तरिकाले प्रस्तुत गरिएको उनले बताए।

सामाजिक जनचेतना बोकेको विषयवस्तुमा काम गर्न रुचाउने डिसीले लुकामारी, मन्दिरा, घनचक्करलगायत चलचित्रमा समेत काम गरेका छन्।

नाटकमा काम गर्दागर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेका डिसी चलचित्रमा अभिनयसँगसँगै विभिन्न नाटक निर्माणमा पनि जुट्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!