
चितवन, २७ फागुन। भरतपुर महानगरपालिका-९ स्थित सडकमा ना.५८ प ६३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सर्लाही पिपरिया गाउँपालिका-५ बस्ने ४५ वर्षीय कलाम शेखको बिहीबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडीकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।