हिपमत डटकम

बिहिबार, फाल्गुण २६, २०७८ || 598  पटक पढिएको

काठमाडौं, २६ फागुन। अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ रंगेली नगरपालिका-६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी लक्की ड्र मार्फत २५ लाखको चिट्ठा परेको प्रलोभनमा पार्दै पीडितहरुसँग बैंक खाता नम्बर मागी उक्त खातामा प्रयोग भएको मोबाइल नम्बरमा ओटिपि कोर्ड समेत लिई पीडितको खातामा भएको रकम बिभिन्न ब्यक्तिहरुको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीहरुमा रकम ट्रान्सफर गरी २ लाख १ हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न धिरेनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय रंगेली मोरङसँग आवश्यक समन्यव गरी पक्राउ गरेको हो ।

उनी उपर ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!