हिपमत डटकम

मंगलबार, फाल्गुण २४, २०७८ || 451  पटक पढिएको

बाँकेमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका एक प्रहरी हबल्दारको मुत्यु भएको छ । एकजना प्रहरी जवान घाइते भएका छन् ।

नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा सोमबार राति आठ बजे मोटरसाइकलले ठक्कर दिंदा प्रहरी हबल्दार भुपेन्द्र शाहीको मृत्यु भएको हो । सो दुर्घटनामा प्रहरी जवान नरेश चौधरी र मोटरसाइकल चालक सन्तोष बमसिंह ठकुरी घाइते भएका छन् ।

मोटरसाइकल चेकिङमा खटिएका प्रहरी हबल्दार शाही र चौधरीलाई ठकुरीले चलाएको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताए ।

मोटरसाइकल चालक ठकुरी र प्रहरी जवान चौधरीको मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!