हिपमत डटकम

मंगलबार, फाल्गुण २४, २०७८ || 474  पटक पढिएको

काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ डाडापौवामा एकै परिवारका पाँच जनाले विष सेवन सामूहिक आत्महत्याको प्रयास गरेका छन् । सुसाइट नोट लेखेर विष सेवन गरेका पाँच जना मध्ये एक जनाको भने मृत्यु भएको छ ।

डाडापौवामास्थित उद्धवराज पुरीको घरमा भाडामा बस्दै आएको काठमाडौं डल्लुकी ईन्दिरामाया प्रधानको परिवारले विष सेवन गरेको प्रहरीले जनाएको छ।

विस सेवन गरी बेहोस अवस्थामा फेला परेका उनीहरुलाई प्रहरीले सोमबार राती उपचारको लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल पु¥याएको थियो । अस्पताल पुगेलगत्तै ३३ वर्षीय सुर्वणमान प्रधानको राति नै मृत्यु भएको छ।

धरमुली ६२ वर्षीया ईन्दिरामाया प्रधान, ३८ वर्षीय भिममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान को उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु भईसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!