हिपमत डटकम

सोमबार, फाल्गुण २३, २०७८ || 764  पटक पढिएको

अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थी आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार हुनुपरेको रहस्य खुलेको छ ।

 

अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय ती शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको रहस्य खुलेको हो ।

 

त्यहाँका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले उक्त दिन निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको जानकारी दिए । त्यसपछि पनि उनले पटकपटक बलात्कार गरेको प्रहरीको भनाइ छ । शिक्षकलाई पक्राउ गरी अदालतमा ६ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!