हिपमत डटकम

आइतबार, फाल्गुण २२, २०७८ || 494  पटक पढिएको

ओखलढुङ्गा, २०७८ फाल्गुन २२ गते । ओखलढुंगाको सिद्दिचरण नगरपालिका-५ सिस्नेखोला स्थित रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डको माम्खामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन ।

मृत्यु हुनेमा ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका -३ दियालेकी ३८ बर्षीया कुमारी श्रेष्ठ रहेकि छिन । आज बिहान ८ बजे ओखलढुंगा तर्फ आउदै गरेको प्रदेश १-०२-००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमानै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!