
मोरङ, २०७८ फाल्गुन २२ गते । मोरङको जहदा गाउँपालिका ४ लोहन्द्रा खोलामा डुबी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका सम्भु यादवको छोरा १८ बर्षीय उपेन्द्र यादव रहेका छन् ।

आज दिउसो २ बजे माछा मार्न गएका यादव पानीमा डुबेको स्थानीयले देखि कोशी अस्पताल लगिएकोमा उपचारको क्रममा ३ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।