हिपमत डटकम

आइतबार, फाल्गुण २२, २०७८ || 346  पटक पढिएको

झापाको बिर्तामोड नगरपालिका–४ स्थित भद्रपुर रोडमा आज दिउँसो आगलागी भएको छ । बिर्तामोड–४ का रमानन्द साहको एकतले पक्की टिनले छाएको घरमा ग्यास चुहावट भई आगलागी भएको इलाका प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

आगलागीबाट घरमा भएको सबै सामग्री जलेर नष्ट भएको छ । उक्त घरमा दूध व्यवसाय गरेर डेरा गरी बस्दै आएका थिए । आगलागी भएको क्षतिको विवरण भने आउन बाँकी छ । आगलागी नियन्त्रणमा बिर्तामोड, भद्रपुर र मेचीनगर नगरपालिकाका वारुणयन्त्र परिचालन गरिएको थियो भने आगलागी सुरु भएको एक घण्टाभित्र पूर्णरुपमा नियन्त्रणमा आएको प्रमुख आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!