हिपमत डटकम

आइतबार, फाल्गुण २२, २०७८ || 381  पटक पढिएको

जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते भएका छन्।

जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुरमा शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन्।

कमला नगरपालिका–८ बस्ने मुकेश मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा बसिरहेको अवस्थामा शनिबार राती साढे ८ बजे उनीमाथि गोली प्रहार भएको धनुषाका प्रहरी नायव उपरिक्षक दिपक रायले जानकारी दिए।

प्रहरी नायव उपरिक्षक रायका अनुसार मुखिया उनका मामा भोगी मुखियाको पसलमा ५-७ जनाको समूहमा भेला भएर गफ गरिरहेको बेला गोली प्रहार भएको थियो।

‘गफ गरिरहेका उनीहरू सबै साथीहरू नै थिए। एक्सासी के कुरा मिलेन होला अनि एक जनाले गोली चलाइदिए। चिउँडोमा लागेको गोली भित्र घाँटीमा अड्किएको छ,’ प्रनाउ रायले भने।

मुखियालाई उपचारका लागि राति नै काठमाडौं पठाइएको थियो। गोली प्रहार गरिएको पेस्तोल आज बिहान घटनास्थलबाटै बरामद भएको उनले जानकारी दिए।

प्रहरी उपरीक्षक रायका अनुसार गोली प्रहार गर्ने त्यहीँका स्थानीय युवक भए पनि फरार रहेकाले खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!