हिपमत डटकम

शुक्रबार, फाल्गुण २०, २०७८ || 568  पटक पढिएको

मोरङ, २० फागुन। बेलबारी नगरपालिका-४ बेतना सिमसारबाट करिब ५ केजी अवैध लागूऔषध सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-१ बस्ने १९ वर्षीय गोबिन्द बिक, १९ वर्षीय मुस्कान राई, धनकुटा आखिसल्ला घर भएका ३३ वर्षीय केशरमान राई र धनकुटा महाभारत घर भएका २८ वर्षीय मनोज राई रहेका छन् ।
उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट छुट्टाछुट्टै समयमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा गोबिन्द र मुस्कानको साथबाट करिब १ केजी गाँजा तथा को.२ ह ३२१५ नम्बरको अटोमा सवार अटोचालक केशरमान र मनोजलाई करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!