हिपमत डटकम

शुक्रबार, फाल्गुण २०, २०७८ || 417  पटक पढिएको

काठमाडौं, २० फागुन। मानव बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-४ डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ घर भएका ३९ वर्षीय मोती लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई एउटा मृगौला झिक्दा खासै फरक नपर्ने र ८ लाख रुपैयाँ हात पर्छ भनी प्रलोभन देखाई मृगौला झिक्नको लागि भारत लैजाने प्रयोजनार्थ काठमाडौं महानगरपालिका-१६ माछापोखरी ईलाकामा ल्याई राखिएको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले माछापोखरीस्थित होटल न्यू दक्षिणकालीबाट दुईजना पीडितहरुलाई उद्धार गर्नुका साथै मोतीलाई पक्राउ गरेको हो ।

उनलाई मानब बेचबिखन तथा ओसारपसार उद्योग कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!