हिपमत डटकम

शुक्रबार, फाल्गुण २०, २०७८ || 422  पटक पढिएको

धादिङ, २० फागुन। बेनिघाट रोराङ गाउँपालिका-१ सिमटार, जरुङ र ब्रम्दी लगायतका करिब ३ सय रोपनी जग्गामा अवैध रुपमा लगाएको अफिम खेती बिहीबार प्रहरीले फडानी गरी नष्ट गरेको छ ।

जिल्ला सुरक्षा समितिको बुधबारको निर्णय अनुसार “वस्ती वस्तीमा संयुक्त गस्ती” अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङ‚ ईलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङबाट खटिएको संयुक्त टोलीले उक्त खेती नष्ट गरेको हो ।

साथै बारीमा लुकाई राखिएको करिब ५० केजी लागूऔषध गाँजा समेत प्रहरीले जलाएर नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!