
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

ईश्वरपुर नगरपालिका-१३ अमुवा खोलास्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।
बुधबार बिहान गौरीशंकरबाट बयलबास जाँदै गरेको ज ११ प ८९४५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर पुलमा ठोक्किएको थियो। पुलमा ठोक्किँदा मोटरसाइकल पाँच मिटर तल खसेको थियो।
महोत्तरी औरही नगरपालिका-१ बस्ने ३२ वर्षीय मोटरसाइकल चालक चन्दनकुमार साह र मोटरसाइकलमा सवार सर्लाही कविलासी नगरपालिका-२ पिपरिया बस्ने २५ वर्षीय रामविश्वास मण्डलको मृत्यु भएको हो।
उनीहरूलाई स्थानीयले बिहान सवा ९ बजे अचेत अवस्थामा फेला पारेका थिए। तर दुर्घटना कुन बेला भएको हो भन्ने यकिन नभएको कार्यालयले जनाएको छ। प्रहरीलाई खबर भएपछि घटनास्थल पुगेर हेर्दा उनीहरूको मृत्यु भइसकेको प्रहरी निरीक्षक यावदले बताए।
शवको पोष्टमार्टमको लागि दुबैको शव प्रादेशिक अस्पताल सर्लाहीमा पठाएको छ।