हिपमत डटकम

बुधबार, फाल्गुण १८, २०७८ || 371  पटक पढिएको

नेकपा एमालेका नेता भीम रावलले संसदमा एमसीसीको विरुद्ध बोल्दा पार्टी नेतृत्वले असन्तुष्टि पोखेको भन्दै असन्तुष्टि जनाएका छन् । नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै असन्तुष्टि पोखेका हुन् ।

 

रावलले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुले संसदमा राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरुप संसदमा बोलेको बताउँदै हिरो हुन नखोजेको बताएका छन् । उनले भनेका छन्: ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ ।’

रावलले देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि हुने बताउँदै भनेका छन्: ‘देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।’ प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन हुनेक्रममा रावलले चर्को असन्तुष्टि पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!