हिपमत डटकम

सोमबार, फाल्गुण १६, २०७८ || 469  पटक पढिएको

संखुवासभा, फाल्गुन १६ गते । संखुवासभाको चैनपुर नगरपालिका-७ स्थित बालेश्वर जंगलमा जंगली जनावर मृग मारी शिकार गर्ने १ जनालाई भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा चैनपुर-७ फलाटे का ३५ बर्षीय दिल बहादुर श्रेष्ठ रहेका छन । आज बिहान सवा ४ बजे बालेश्वर जंगलमा जंगली जनावरको शिकार भईरहेको छ भन्ने बिशेष सुचना प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट पिलुवा खोलाबाट खटि गएको गस्ती टोलीले मृग मारी घर तर्फ लादै गरेको अवस्थामा श्रेष्ठलाई १ थान भरुवा बन्दुक सहित जंगलबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका श्रेष्ठको इलाका प्रहरी कार्यालय चैनपुरबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!