
काठमाडौं – आशा राना मगरको डेब्यु म्युजिक भिडियो ‘हाम्रो नजर’ सार्वजनिक भएको छ। जापानमा छायाँकन गरिएको उक्त भिडियोमा लक्ष्मण पुन लक्स मोडल राना मगरको जोडीको रुपमा देखिएका छन्।

गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको सुमधुर स्वर रहेको गीतमा तोरण थापा मगरको शब्दलाई सुरेश कुमार क्षेत्रीले संगीत दिएका छन् । रेन तामाङले गीतलाई संगीत संयोजन गरेका हुन्।
भिडियोमा अतिथि भूमिकामा राजु राना मगर र सुभेक्षा महर्जनको समेत अभिनय रहेको छ। गोविन्द बिस्टले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशन गरेका हुन् । आशा राना मगरको निर्माण मा बनेको भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियो लिंक: https://youtu.be/Cn_IDpIKJE4