हिपमत डटकम

सोमबार, फाल्गुण १६, २०७८ || 488  पटक पढिएको

झापा, फाल्गुन १६ गते । झापाको मेचीनगर नगरपालिका-५ स्थित मेचीखोला बगरबाट लागु औषध सहित २ जना र मेचीनगर-६ स्थितबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर-३ का १९ बर्षीय अविषेक श्रेष्ठ, भारत दार्जेलिङ का २२ बर्षीय अनमोल प्रधान र इलाम माईजोगमाई-१ का २३ बर्षीय जोसेफ थापा रहेका छन ।

हिजो दिँउसो मेची खोला बगरमा संकास्पद अवस्थामा भारतबाट पैदल हिड्दै नेपाल तर्फ आउदै गरेका श्रेष्ठ र प्रधानलाई सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्दा निजहरुको साथबाट ब्राउन सुगर २५० मिलिग्राम र Windlas Winspasmo Fort क्याप्सुल-२०४ पिस, NITROSUN10 ट्याव्लेट-१ पिस सहित बरामद भएको हो, भने इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले थापालाई ९ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!