हिपमत डटकम

सोमबार, फाल्गुण १६, २०७८ || 390  पटक पढिएको

वीरगन्ज । सन्चारकर्मी महिलाहरुको दक्षता अभिवृद्धिको लागी ५ दिने तालिम आजदेखि वीरगन्जमा सुरु भएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको आयोजना र वीरगन्ज महानगरपालिकाको सहयोगमा ५ दिने तालिम आजदेखि वीरगन्जमा सुरु भएको हो । नेपाल पत्रकार महासंघ पर्साको सभाहल आयोजित तालिमको उद्घाटन वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले गर्नुभएको छ ।

तालिमको उद्घाटन गर्दै नगरप्रमुख सरावगीले विगत भन्दा अहिले तराई मधेशमा महिला संचारकर्मीहरुको अभाव हुदै गएको हुनाले यो तालिमको आयोजना भएको बताउनुभयो । नगरप्रमुख सरावगीले ५ दिन सम्म चल्ने दक्षता अभिवृद्धि तालिममा सिकेका कुरा व्यहारमा लागु गर्न आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्ष्तामा भएको उद्घाटन कार्यक्रममा प्रेस काउन्सिलका सदस्य लालबाबु शेख,नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने ,प्रदेश महासचिव श्याम बन्जारा,पुर्व केन्द्रिय सदस्य महेश दास ,महानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द देवकोटा ,प्रेस चौतारीका केन्द्रिय सदस्यद्धय सत्रुघन नेपाल ,अच्युत पौडेल , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का ,प्रेस चौतारी पर्साका उपाध्यक्ष तुलसी भण्डारी लगायतकाहरुले मन्तव्य राखेका थिए ।

५ दिन सम्म चल्ने दक्षता अभिवृद्धि तालिममा पर्साका विभिन्न संचारमाध्यममा कार्यरत २० जना महिला संचारकर्मीहरु सहभागी छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!