
बिराटनगर ,फाल्गुन १५ आईतबार ।मोरङ धनपालथान गाउँपालिका २ स्थित खयरवना बोडरबाट लागू आैषध सहित ३ जना पक्राउ परेका छन् ।

बिहीबार प्रहरी चाैकी अमाहीबरियाती बाट खटिएको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हाे । को ३ प ६२९ नंम्बरकोTvsमोटरसाईकलमा सवार रहेका उनिहरुलाई चेक जाँच गर्दा मोरङ काे कटहरी गाउँपालिका ४ बस्ने वर्ष २३ का इस्माईल मिया, साेहि स्थान बस्ने वर्ष २३ का सेख वेलाल मिया र बस्ने वर्ष २८ का सेख वेहालुन मियालाई लागुआैषध सहित पक्राउ गरिएको हाे ।
उनिहरुकाे साथ बाट Nitravet Tablet – १५ पत्ता ४५० गोट्टी सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपालमा प्रतिबन्धित लागुआैषध लिएर भारत बाट अबैध रुपमा नेपाल तर्फ आउदै गरेका तीन जनालाई पक्राउ गरेको हाे । उनिहरुलाई अनुसन्धानका लागी जिल्ला अदालत मोरङबाट दिन ५ म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।