हिपमत डटकम

शनिबार, फाल्गुण १४, २०७८ || 449  पटक पढिएको

बिराटनगर। मुक्तककार अम्बिका खरेल उप्रेतीद्वारा लिखित ‘नजरभित्र’ मुक्तकसंग्रह शनिबार विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा उप्रेतीको पहिलो कृतिका रुपमा मुक्तकसंग्रह विमोचन गरिएको हो । कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, आयोजक संस्थाका अध्यक्ष विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, साहित्यकार हरि कट्टेल, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले विमोचन गरे । विमोचित संग्रहका बारेमा समालोचक हरि कट्टेलले टिप्पणी गरेका थिए । संग्रहमा मुक्तककार उप्रेतीले समसामयिकदेखि समाजका विभिन्न विषयवस्तुलाई सशक्त रुपमा उठाएको उनको भनाइ थियो ।

त्यस्तै कवि भरत गुरागाईं ‘बर्बरिक’, विनोद विवश, चूडामणि नेपाल ‘अकिञ्चन’, लक्ष्मी रायमाझी र मीना श्रेष्ठ ‘सवि’ले संग्रहभित्रका मुक्तकहरु वाचन गरे । पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशित गरेको संग्रहभित्र २ सय ५८ वटा मुक्तक संग्रहित छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!