
महोत्तरीको मटिहानी नगरपालिकास्थित स्वास्थ्य चौकीनजिकै शंकास्पद वस्तु फेला परेको छ।

शनिबार बिहान १० बजेतिर झोलाभित्र कुकर र तारहरू राखिएको शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।
स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए।
शंकास्पद वस्तु बम भएको हुनसक्ने आशंकामा डिस्पोजको लागि परकौली ब्यारेकबाट सेनाको टोली बोलाइएको महोत्तरीका प्रहरी उपरपीक्षक कृष्ण पंगेनीले बताए। शंकास्पद वस्तु बम हो होइन यकिन भइसकेको छैन।