हिपमत डटकम

शनिबार, फाल्गुण १४, २०७८ || 445  पटक पढिएको

तेह्रथुम । जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा रहेको नागरिक सहायता कक्ष भवनको समुद्घाटन् भएको छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुम हाता भित्र आज बिहान भएको कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मित नागरिक सहायता कक्ष भवनको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो ।

 

समुद्घाटन तथा जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला मिल्ने बताउनु भयो । वहाँले आगामी दिनमा हुन गईरहेको स्थानीय निर्वाचन त्रुटि रहित सम्पन्न गराउनका लागी तयारी हुन र जिल्लाको शान्ति सुरक्षामा विशेष ध्यान दिनुका साथै प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्न र कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!