हिपमत डटकम

बिहिबार, फाल्गुण १२, २०७८ || 606  पटक पढिएको

नुवाकोटमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र हाम्रो मदानपुर युवा क्लब बेलकोटगढी नगरपालिका–१२ को सहकार्यमा एक दिने निःशुल्क शिविर सञ्चालन गरिएको हो ।

भृकुटी माध्यमिक विद्यालय बेलकोटगढीमा भएको शिविरमा ११०३ जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा २२१ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्सरे, १७७ जनाको ईसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै ३१ जनाको दाँत उखेलिएको छ भने शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको छ ।

केएमसीले सोमबार रसुवामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ९६३ जना बिरामीको उपचार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!