हिपमत डटकम

बिहिबार, फाल्गुण १२, २०७८ || 625  पटक पढिएको

गायक दुर्गेश थापाले अभिनेता पल शाहले आफूमाथि झुटाे आराेप लगाएर उम्किन खाेजेकाे बताएका छन्।पलले आफूलाई फसाउने दुर्गेश थापालगायतकाे षड्यन्त्र रहेकाे कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनले त्यसमा आफ्नाे कुनै संलग्नता नरहेकाे बताएका हुन्।

‘गल्ती उहाँहरूले गर्ने दोष हामीलाई दिन त भएन नि। गल्ती उहाँहरू गर्ने अनि सबैलाई झोस्दिएर हुन्छ त,’ उनले बिएल नेपाली सेवासँगकाे कुराकानीमा भने, ‘पहिला हामीलाई जोगाउनुहोस भन्दै रुँदै आउने अहिले झम्टिएर हुन्छ?’उनले गायिका समीक्षा अधिकारीले सहयाेग माग्दै आएपछि सहजीकरण मात्रै गरेकाे बताएका छन्।‘पलले समीक्षाकाे फाेन उठाउन र म्यासेज हेर्न छाेडेपछि समीक्षा मेराेमा रूँदै आयो होइन। एउटी चेली रूँदै आएर पललाई खाेज्दिनु पर्‍याे भनेपछि मैले सहयाेग मात्रै गरेकाे हाे,’ उनले भने,‘गल्ती गरेपछि न बाउ न आमा कानुनभन्दा माथि काेही छैन्, साथी भन्ने आफ्नाे ठाउँमा भयाे।’

दुर्गेशले यसबारे आफूहरूसँग सबै प्रमाण रहेकाे र छिट्टै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने चेतावनी दिएका छन्। अभिनेता पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक गायिकाले आफूमाथि जबर्जस्ती करणी गरेकाे भन्दै बुधबार उजुरी दिएकी छन्। उजुरी अनुसार पलले नाबालिका माथि याैनजन्य क्रियाकलाप गरेकाे उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!