हिपमत डटकम

मंगलबार, फाल्गुण १०, २०७८ || 358  पटक पढिएको

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ बीच एमसीसीबारे छलफल भएको छ । ‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बिहान भएको छलफलमा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति भएर नै एमसीसी टेबल गरेको बताएका थिए ।

‘एमसीसी र त्यससँग जोडिएका विषयमा कुराकानी भयो । उहाँ (प्रचण्ड) ले गठबन्धनमा सहमति भएर नै टेबल गरेको तर मतदान गर्नुपरेको अवस्थामा विपक्षमा मतदान गर्छौ भन्नुभयो’, प्रचण्डसँगको भेटपछि महासचिव वैद्यले भने, ‘ यो राष्ट्रघाती छ पास गर्नुभयो भने राम्रो हुदैन भनेर मैले भनेँ ।’

त्यस्तै महासचिव वैद्यले प्रचण्डसँगको भेटवार्तामा एमसीसीको विरोधमा भएको प्रदर्शनमा समातिएका आफ्ना पार्टीका कार्यकर्तालाई विना शर्त छोड्न पहल गर्न सुझाव दिएका थिए । नेकपा (क्रान्तिकारी माओवादी) बसन्त बोगटी, सुनिता बुढाथोकी लगायतका कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!